You are viewing the translated version of समिति गठन गर्न सक्ने.

Section 15
समिति गठन गर्न सक्ने
(१) कार्यालयले गर्ने गणना तथा सर्वेक्षणको सञ्चालन, निर्देशन र नियन्त्रणका लागि कार्यालयले प्रमुख तथ्याङ्क अधिकारीको _ संयोजकत्वमा निर्देशक समिति गठन गर्न सक्नेछ।
(२) कार्यालयले गर्ने गणना तथा सर्वेक्षणको सन्दर्भमा अन्तरनिकाय समन्वय तथा व्यवस्थापन गर्न कार्यालयले आवश्यकता अनुसार प्राविधिक समिति तथा अन्य विषयगत समिति गठन गर्न सक्नेछ।
(३) उपनियम (१) र (२) बमोजिमका समितिको बैठक सम्बन्धी कार्यविधि सम्बन्धित समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।